खेलकुद


विश्वकप लिग २ : सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रो स्थानमा

काठमाडौं । विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ । नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट...

सिनियर र जुनियर दुवै नेपाली किक्रेट टिम आज यूएईविरुद्ध भिड्दै

काठमाडौं । आज नेपालको सिनियर र जुनियर दुवै राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग खेल्दैछन् । दुवै खेल यूएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप नै छ ।त्यसैले नेपाली क्रिकेटका लागि आज महत्वपूर्ण दिन रहनेछ । सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको...

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ । एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको हो...

यूएई उडे सन्दीप, भोलिको म्याच खेल्न सक्ने

काठमाडौं । यूएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ(क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसीले स्वीकृत गरेको...

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए ।

नेपालको लगातार चौथो जित :  मलेसियालाई १० विकेटले हरायो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले लगातार चौथो जित पटक जितेको छ। आज भएको खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको हो । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै...

यू-१९ विश्वकप छनोट : नेपाल आज मलेसियासँग खेल्ने

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट प्रतियोगिता...

राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा महानगरलाई

पोखरा । पोखरा महानगरपालिकाले १३ औं संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा दुई दीन चलेको उक्त प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्य गरी ४४ पदक सहित पोखरा प्रथम भएको हो । ३०...

मेसी ‘फिफा वर्ष खेलाडी’ घोषित : पछि परे बेन्जेमा र एम्बाप्पे

काठमाडौं । अर्जेन्टिना र पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड लियोनल मेसी २०२२ को फिफा ‘वेस्ट अवार्ड’ मा वर्ष खेलाडी घोषित भएका छन् । उनी फ्रेन्च फरवार्ड करिम बेन्जेमा र किलियन एम्बाप्पेलाई पछि पार्दै वर्ष खेलाडी घोषित भएका हुन् । अर्जेन्टिनाले...