समाज


पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा एक पुरुष बेपत्ता, खोजी जारी

पोखरा । पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा एक पुरुष बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका घर भएका ३५ वर्षीय भक्तबहादुर राना बागमाराबाट पटनेरीतर्फ साइकलमा जादैं गर्दा सेती नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

स्याङ्जामा एक वर्षभित्र २६३ उद्योग बन्द

प्रकाश डोटेल, स्याङ्जा । स्याङ्जामा गएको आर्थिक वर्षमा २६३ व्यावसायिक फर्महरु बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा धेरै व्यावसायिक फर्महरु बन्द भएका हुन् । २०७८÷०७९ मा...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६१ पैसा रहेको छ । आज पाउण्ड...

आजदेखि लामेआहाल लगियो पोखराको फोहोर

पोखरा । झण्डै दुई सातादेखि पोखराका सडकमा थुप्रिएका फोहोर आजदेखि उठ्न थालेको छ । स्थानीयले भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गर्दा १२ दिनदेखि उठाउन नसकेको पोखरा महानगरको फोहोर आजदेखि महानगरले उठाउन थालेको हो । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन...

मकवानपुरमा पहिरोले घर पुरियो : १ को ज्यान गयो, ६ बेपत्ता

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले घर पुरिदाँ एक जनाको ज्यान गएको छ भने पहिरोमा ५ जना बेपत्ता भएका छन् जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै...

२४ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा...

ललिता निवास प्रकरण : चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै...

कामदार भिसामा ३ हजार ६६२ विदेशी नेपाल आए

काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा...