समाज


धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या, छोरी घाइते

धनगढी। कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका(५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीकाको अनुसार ललिता आज (बिहीबार) बिहान हत्या गरेको अवस्थामा भेटिएकी हुन्...

कवाडी गोदाममा आगलागी : ३ जना जले

काठमाडौं । ललितपुरको धोविघाटमा आगलागी हुदाँ ३ जना जलेर घाईते भएका छन् । कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ती ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण...

पोखरामा दुर्घटना : बुवाको मृत्यु , छोरी गम्भीर घाइते

पोखरा । गएराती पोखरामा भएको दुर्घटनामा घाईते भएका दुई मध्ये एकको ज्यान गएको छ। पोखरा २५ हेम्जाको हनुमान टोलमा गएराती ८ बजे भएको उक्त दुर्घटनामा तनहुँ व्यास नगरपालिका १ का ५० वर्षीय बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

काठमाडौंमा नेपाल–भारत सहसचिवस्तरीय बैठक

काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक शुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत...

सहुलियत पसलमा घट्यो तेल र दालको मूल्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार प्रकाशन भएपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले...

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । अहिले नेपालको मौसममा ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ।बांकी...

विपद् पीडितलाई राहतको व्यवस्था गर्न सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा...

घट्दैछ कोरोना सङ्क्रमण

काठमाडौं । देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी...