समाज


जाजरकोटमा हालसम्म ३ सय ८० भन्दा बढी परकम्प

काठमाडौँ । गत शुक्रबार राति जाजरकोटमा गएको ६।४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् । शुक्रबार...

भाटभटेनीका सञ्चालक मीनबहादुरद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट...

जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय...

मुग्लिन-पोखरा सडक खण्डमा कालोपत्र सुरु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम...

पोखरा : ४६ हजार बढी नगदसहित ६ जुवाडे पक्राउ

पोखरा । पोखराको मानवअधिकार चोकबाट ६ जुवाडे पक्राउ परेका छन् । मानव अधिकार चोक स्थित प्रिन्सीका किराना पसलमा जुवाँ खेलिरहेका उनीहरु हिजो साँझ ७ बजेर १० मिनेटको समयमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ पर्नेमा पोखरा...

इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

काठमाडौँ । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सल्यानको शारदा–३ का प्रेम भण्डारी,...

जाजरकोटमा एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ...

जाजरकोटमा भुकम्पमा परी ज्यान गुमाएका ९२ जनाको सनाखत

काठमाडौँ । जाजरकोटमा भूकम्पका कारण ज्यान गुमाएका ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताएका छन् । रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित...

महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

पोखरा । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट्न बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए । आइतबार बिहानदेखि लाइन काटिएको हो । कारागारले २०लाख हाराहारी...