पोखरा । पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा।ली।को साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजारको आगामी शनिवार शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख...
काठमाडौँ । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...
काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो । एसिया कपको आगामी संस्करण...
बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । पाल्पाको निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना...
पोखरा । पर्यटकलाई रोकेर हैरान बनाउने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटनको सिद्धार्थ राजमार्गमा पर्यटक झरेर गन्तव्यमा जाने क्रममा आफूले चिनेको होटेलमा लैजान जबरजस्ती गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा...
पोखरा । पोखरामा एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय युवक पक्राउ परेका छन् । आज बिहान पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत ग्राम ढांका बजार घर भई हाल...
पोखरा । पोखराको लेकसाइड क्षेत्र २४ सै घन्टा खोल्न दिन अदालतले आदेश दिएको छ । पर्यटन आवागमनको मुख्य केन्द्र लेकसाइडका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको हो । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय...
पोखरा। चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण...
पोखरा । अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेले जानकारी दिए । पाण्डेको अनुसार उनीहरुसँग अनुमति पत्र भएकाले सशस्त्रले नियन्त्रणमा...