समाज


ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारद्धारा नगदसहित सम्मान

पोखरा । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् । सम्मानीत हुनेहरुमा बाग्लुङकी भगवती...

मनाङ हिमपहिरो : आज साँझ सम्म बाटो खुलाउने प्रयास

मनाङ । मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको...

सुनको मूल्यमा आज उच्च रेकर्ड

काठमाडौं । दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भयो । बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय...

बेनी–जोमसोम–कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो...

बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो

मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो...

नेकपा एसको सचिवालय बैठक बस्दै : सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले...

त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा ६ यात्रुको ज्यान गयो

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् । बस आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा...

राष्ट्रिय माविको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन ३१० जनाको परीक्षण

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने...