समाज


प्रधानमन्त्री प्रचण्डद्धारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरा । पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आज पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै...

पोखरेली पर्यटन व्यवसायीद्धारा विभिन्न मागसहित प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस

पोखरा । पोखराका पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । पोखरालाई पर्यटनको राजधानी घोषणा हुनुअघि व्यवसायीले ८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले पोखराको विकास र प्रचार प्रसारका...

रसुवामा भूकम्पको धक्का

काठमाडौँ । रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको...

मोरङको रंगेली बस्तीमा आगलागी, २३ परिवारको बिचल्ली

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले जानकारी दिए । डिएसपी दाहालका...

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा...

रौतहटबाट पोखरा आउँदै गरेको बस चितवनमा दुर्घटना : एक जनाको ज्यान गयो , ४ घाईते

चितवन ‍। रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको बस चितवनमा दुर्घटनामा परेको छ । चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको ज्यान गयो

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय...

बुद्ध विशाल बजार एसोसिएसनको रक्तदानमा ६४ युनिट संकलन

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले दशौ पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड...

पोखरा लनर्स एकेडेमीको साहित्यिक फेस्टिभल

पोखरा । पोखरा ७ माछापुच्छ्रे टोलस्थित पोखरा लर्नर्स एकेडेमीले शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै साहित्यिक फेस्टिभल सुरु गरेको छ । विगतमा काठमाडौं विश्वविद्यलयसँग सहकार्य सम्झौता गरेको विद्यालयले नयाँ शैक्षिक सत्रलाई केन्द्रमा राखेर पठन सस्कृतीसमेत चलाउने...