समाज


टिकटकले नेपाल सरकारलाई पठायो अर्को पत्र, शर्त मान्न तयार

काठमाडौं । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले...

मुग्लिन–पोखरा सडक : पोखरा खण्डको कालोपत्र सुरू

पोखरा । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु भएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो। आयोजना कार्यालयका...

यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर...

फागुन १ मा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले फागुन १ मा ९भोली० सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट...

अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीशको काज सरुवा

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार बाँसबासी...

आज कस्तो छ डलर, युरो र पाउण्डको भाउ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै युरो एकको...

भारतीय गाडीबाट नेपाल ल्याउँदै गरेको झण्डै २ करोड नेपाली नक्कली नोट बरामद

विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा राखेर नेपाल ल्याउँदै गरेको एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट फेला परेको छ ।सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै...

साउदी अरबमा रक्सी बनाएर बेच्ने ४ सय बढी नेपाली जेल परे

काठमाडौँ । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी परेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेको...

गण्डकी प्रदेशद्वारा होमस्टेलाई दिने अनुदानमा कडाइ

पोखरा । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा प्रतिस्पर्धाका आधारमा प्रदेश...