समाज


कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको गएराति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले...

काहुँडाडामा भएको भिषण आगलागी नियन्त्रणमा, बस्ती जोगियो

पोखरा । पोखराको काहुँडाडामा भएको भिषण आगलागी तत्कालका लागि नियन्त्रणमा आएको छ । बिहान करिव १ बजेबाट आगालागी नियन्त्रणमा आएर बस्ती जोगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक प्रवक्ता प्रहरी इनिस्पेक्टर...

काहुँडाँडाको भिषण आगलागी अझै नियन्त्रण बाहिर, बस्ती जोगाउन विभिन्न उपाय अपनाइँदै

  पोखरा । पोखराको काहुँडाडामा भएको भिषण आगलागी यो समाचार तयार पार्दासम्म (रातको ११ः३० सम्म) अझै नियन्त्रण बाहिर रहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित एकसय भन्दा धेरै...

काहुँडाँडामा भिषण आगलागी, नियन्त्रणका लागि दमकलसहित सुरक्षा टोली परिचालन

  पोखरा । पोखरा  ११ मा रहेको काहुँडाँडामा भिषण आगलागी भएको छ । आगलागी बस्ती नजिक रहेकाले नियन्त्रणका लागि नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी दमकलसहित खट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च परिसरबाट पेस्तोल र १०० राउण्ड गोलीसहित पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई...

म्याग्दीमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै ज्यान गयो

म्याग्दी । म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको ज्यान गएको जिल्ला प्रहरी...

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले...

आईसीसी अध्यक्ष ग्रेग आज नेपाल आउँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले आज नेपाल आउने भएका छन् । भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपराह्न काठमाडौँ आइपुग्ने छन् । उनी चार बजे...

आज कति छ डलर, युरो र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ । आज पाउण्ड...