समाज


गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा

गोरखा । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । नौ वर्ष अगाडि...

जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको ज्यान गयो

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै पाउण्ड एकको...

आज वैशाख १२ : गोरखा महाभूकम्पको ९ वर्ष पुरा

गोरखा । आज वैशाख १२ गते ।९ वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्र बनाई महाभुकम्प गएको थियो । वि।सं। २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो ।...

होटेलमा महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

धनुषा । धनुषाको एक होटेलमा एक महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा मृत भेटिएको...

पोखरामा लकरसहित ५ लाख बढि नगद चोर्ने तीन जना पक्राउ

पोखरा । पोखरामा लकरसहित नगद चोर्ने तीन जना पक्राउ परेका छन् । गत चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनबाट पाँच लाख बयासी हजार पाँच सय असी रुपैयाँ चोरी भएको थियो । सोही सुचनाको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको...

दुर्लभ वन्यजन्तु नाउरको मासुसहित पोखरामा एक जना पक्राउ

पोखरा । पोखरामा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामालाई कास्की प्रहरीले पावर हाउसबाट पक्राउ गरेको हो । उनको साथबाट १० किलो नाउर झारलको मासु...

केमिकल बोकेको ट्रकमा आगलागी

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो । केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ गइरहेको थियो ।आगलागीको...

बागलुङमा ३८ वनमा आगलागी  : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङमा ३८ वनमा आगलागी भएको छ । आगलागी भएका वनहरुमध्ये १५ वनको आगो नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भएको थियो । त्यसभन्दा...