समाज


मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गयो

पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झर्दा उनीहरू पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ। ज्यान गुमाउनेमा सर्लाहीको लालबन्दी नगरपालिका...

त्रिभुवन विमानस्थलबाट सुनसहित बागलुङका शम्सेरसहित ३ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको छ । सुन संकलन गरेर लैजान लागेको अवस्थामा ५२ ग्राम पहेँलो धातुको बाला २ थान, औँठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको...

सन्दीपविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक : वारदातको समयमा पीडितको उमेर १८ वर्ष पूरा भएको उल्लेख

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो...

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

गलेश्वर । गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् । पिठ्युमा भारी...

पर्वतको तिलाहारमा सडक भासिएदाँ सिंगो बस्ती जोखिममा

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो । गत असार ३० गतेको राति आएको अविरल...

सिमलताल पहिरो अपडेट : हालसम्म त्रिशूलीमा हराएका २३ जनाको शव भेटियो (नामसहित)

काठमाडौँ । त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्...

४१ करोड ४३ लाखमा नयाँ भवन बनाउँदै पोखरा विश्वविद्यालय

पोखरा । पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालयको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी र निर्माण...

रौतहटमा मोहर्रम पर्व मनाउने क्रममा झडप, १९ सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।...

काठमाडौंको न्युरोडको फुटपाथ विस्तारमा स्थानीयको पुनः अवरोध

काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि...