समाज


डेंगी संक्रमणबाट २ जनाको ज्यान गयो

काठमाडौं । झापा र तनहुँमा डेंगी संक्रमणबाट २ जनाको ज्यान गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको ज्यान गएको हो। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी...

आज अन्तर्राष्ट्रिय युवा दिवस : मूल समारोहमा राष्ट्रपति पनि सहभागी हुने

काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय...

काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल उत्रिएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् । लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव...

पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानालाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा छ । आज...

बागलुङमा पर्यटक बढे , होटलमा लगानी थपिँदै

बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ । सानो घरमा चार कोठाबाट...

ब्राजिल विमान दुर्घटना : ६२ जनाको शव फेला

साओ पाउलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ रहेको बताइएको थियो । भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो...

गायक तिमिल्सिनाको शव पोस्टमार्टम हुदैँ

काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । सचिव मिस्रीको...