समाज


अपडेट : नागढुंगाको पहिरो हटाउन थालियो

काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउन थालिएको छ । नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध...

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो : बसमा सवार आमा छोरी घाईते

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको बताइएको छ । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका...

गण्डकीमा लेक लागेर एक वर्षमा २१ जनाले ज्यान गुमाए

कास्की । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार...

हुम्लामा जिप दुर्घटना : ७ जना घाइते

हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । हुम्ला प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर चङ्खेली गाउँपालिका–२, गौरीसल्ला भन्ने ठाउँबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो । दुर्घटनामा...

काठमाडौँको नागढुंगामा पहिरो खस्दा दुईतर्फी सवारी अवरुद्ध

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो । पहिरो खस्ने क्रम नरोकिएको नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले...

काठमाडौँको बागमती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौँमा बागमती नदीमा भीषण बाढी आएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज बिहान साढे ९ बजे सूचना जारी गरी काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो। सूचनामा भनिएको छ,...

आज सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २००...

भारतको त्रिपुरा राज्यमा पहिरोमा परी कम्तीमा ७ जनाको ज्यान गयो

भारतीय राज्य त्रिपुरामा मंगलबार भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा सात जनाको ज्यान गएको छ। बीबीसी हिन्दीका अनुसार मृतकमा एकै परिवारका तीन जना रहेका छन्। त्रिपुरामा तीनदेखि चार स्थानमा भारी वर्षा भएको छ। त्रिपुरा राजस्व विभागका सचिव ब्रिजेश पाण्डेले...

मकैको चटपटे बेचेर आत्मनिर्भर

दाङ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने...