समाज


धनुषामा हिरासत फोडेर भागेका ४ थुनुवा पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो । भागका आठ जनामध्ये थप तीनजनालाई...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौँबाट पक्राउ परेसँगै पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उनी...

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

काठमाडौँ । दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो । यसैगरी...

बारामा जंगली हात्ती मृत फेला

बारा । बारामा एउटा वयस्क हात्ती मृत फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको हात्ती मृत फेला परेको हो । कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार रमेश जिसीको धान खेतमा आइतबार हात्ती मृत फेला परेको जानकारी दिए...

टपरी र चकटी बुन्न सिक्दै तनहुँका विद्यार्थी

तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा रहेको...

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं । भुटानमा भइरहेको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग...

धनुषा प्रहरीको हिरासतबाट ८ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट आइतबार राति भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। फरार हुने...