काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९०...
गोरखा । गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र...
धवलागिरि । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको...
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको...
शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । मन्त्रालयका निम्ति रु ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा सङ्घतर्फ ६८ अर्ब २५...
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने...
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम...
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज सो भेटवार्ता...
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर ज्यान गएको छ ।ज्यान गुमाउनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । आगलागीपछि हराएका...