समाज


भीरमा खसेका विदेशी पर्यटकको उद्धार

काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।

कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

पोखरा । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइमार्फत...

रुपन्देहीमा इँटा उद्योगका मजदुरको कुटपिटबाट ज्यान गयो

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै...

रविको सुतिरहेको फोटो खिच्ने निकोलस भुसाललाई आज अदालत पेस लगिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश...

तनहुँमा ४५४ जना एचआइभी एड्सबाट सङ्क्रमित

दमौली । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित...

पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप गण्डकीमा एक लाख ८७० मात्रा

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा...

कर्मचारीको अवकाश उमेर ६५ वर्ष बनाउन योजना आयोगको सुझाव

राष्ट्रिय योजना आयोगले कर्मचारीको अवकाशको उमेर ६५ वर्ष बनाउन सुझाव दिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा योजना आयोगका सदस्य डा. आरपी बिच्छाले अवकाशको उमेर ६५ बनाउन उपयुक्त हुने बताए। नेपालीको औषत आयु बढेको, कार्यक्षमता वृद्धि भएको...

लगन गाँठो कस्दैं गायिका मेलिना राई

चर्चित गायिका मेलिना राईले लगन गाँठो कस्ने भएकी छिन् । मेलिनाले इन्गेजमेन्ट गरेकी छिन्। उनले ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्टका तस्बिरहरु सार्वजनिक भएसँगै उनका फ्यान र कलाकारले बधाई दिइरहेका छन्।उनीहरुको बिहे भोलि शुक्रबार हुँदै छ।...

रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर हुँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ । सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका लामिछानेविरुद्ध फेरि अर्को...