काठमाडौँ । सरकारी कागज किर्ते सम्बन्धी कसुरमा धादिङका धुनिबेसी नगरपालिका वडाध्यक्षसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिफारिसका लागि सरकारी कागजात किर्ते गरेको आरोपमा अनुसन्धानका लागि धादिङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । गणेश...
पोखरा । इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको...
चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र...
काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट त्रिशुलीमा खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ...
जनकपुरधाम । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।दर्शनार्थीहरुको...
बागलुङ । सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको छ । सडकसँगै सघन सहरी...
म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३५ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७१ पैसा रहेको छ...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।आज रातो र सेतो आलु दुवै के.जीको ६० रुपैयाँ देखि ६५ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । सानो गोलभेडाँ ९१ रुपैयाँ देखि १०९ रुपैयाँ के.जी र ठुलो...