समाज


१३ औं पोखरा महोत्सव आजदेखि

पोखरा । १३ औै संस्करणको पोखरा महोत्सव–२०८१ आज बिहीबारदेखी सुरु हुँदैछ । युनाइटेड क्लब, पोखराको आयोजनामा आज २५ पुसदेखि सुरु हुने महोत्सव ७ माघगते सकिने छ। महोत्सव अमरसिंहचौरमा आयोजना हुने आयोजक क्लबले जनाएको छ । महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादी र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको छ । आज सरकारी...

नयाँ छात्रावास भवन बनाउदैँ पोखरा विश्वविद्यालय

पोखरा । पोखरा विश्वविद्यालयले नयाँ छात्रावास बनाउने तयारी सुरु गरेको छ । पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा छात्रावास निर्माण गर्ने तयारी थालिएको हो । नयाँ छात्रावास...

तनहुँमा प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो । संस्थाले अकस्मात् आगोले पोले,...

सल्यानमा घरभित्रै नाबालिक दिदी बहिनी मृत भेटिए

सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले...

राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन्। मंगलबार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन्। वर्तमान...

कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् । दक्षिण कोरियाले एचआरडी...

काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण

नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत...

लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद

लमजुङ । प्रहरीले लमजुङका विभिन्न गाउँबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका...