समाज


पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी(कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि...

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी दिपक घुस सहित पक्राउ

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार...

थप १९ नेपाली अमेरिकाबाट डिपोर्ट

काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एकरदुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् । त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई...

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गयो

जनकपुरधाम । सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार...

मुस्ताङस्थित कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख लागत साझेदारी...

भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूलीको किनारमा खस्यो

मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर २९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढबाट...

साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । धरहरा अहिले दैनिक बिहान १० देखि...

आर्वामा १५ प्रजातीका १५०० विरुवा रोपियो

पोखरा। रोटरी क्लव अफ़ नक्साल शक्ति र रोट्याक क्लव अफ़ नक्साल शक्तीको संयुक्त व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नम्बर १३ आर्वामा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ । सो अवसरमा फलफुल तथा अन्य गरी १५ प्रजातीका बिभिन्न १५०० बिरुवा रोपिएको सुनडाँडा टोलविकाश...

तुइनको डोरी चुँडिएर महाकाली नदीमा खस्दा एक जना बेपत्ता

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर...