समाज


गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

दमौली । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन...

सिमेन्टको बजार भाउ नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी...

ढुक्क भएर पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू...

खेलकुद परिषद् गण्डकीको आयोजनामा राष्ट्रिय ‘र्‍याफ्टिङ च्याम्पियनसिप’ हुँदै

पोखरा । साहसिक पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको...

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदै सरकार

काठमाडौं । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून...

रुपन्देहीमा जिल्ला अदालतमा रविको बयान सुरु

बुटवल । रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । लामिछानेविरुद्धको सुप्रिम सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको...

तनहुँको डुम्रे बजारमा आगलागी

काठमाडौँ । तनहुँको डुम्रे बजारस्थित एक घरमा बुधवार बिहान आगलागी भएको छ । बन्दिपुर गाउँपालिका वडा नम्बर १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको हो । आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र...

यू-१९ महिला टी-२० विश्वकप : नेपालले पायो १४० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप अहिले भइरहेको खेलमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ । समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले...

कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

बागलुङ । कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ ।पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको...