समाज


घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान

काठमाडौं। सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख...

खराब मौसमले उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानरअवतरण प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मौसम खराब हुँदा भिजिविलिटी कम भएपछि तीनवटा अन्तर्राष्ट्रिय र दुई आन्तरिक उडान अन्य गन्तव्यतर्फ डाइभर्ट...

गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आयोगका अध्यक्षसहित सबै...

पाल्पामा भ्यान दुर्घटना : तीन जनाको ज्यान गयो

पाल्पामा भ्यान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको भ्यान दुर्घटनामा परेको हो। बुधबार बिहान बुटवलबाट छहरा मेहालढापको लागि छुटेको उक्त भ्यान साढे १० बजेतिर दुर्घटनामा परेको...

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका...

गाजामा इजरायली आक्रमण : ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

देइर अल–बालाह । गाजामा रातभर इजरायली हवाई आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६० पुगेको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका...

सेनाद्धारा भारी हिमपातमा फसेका १५ सय पर्यटकको उद्धार

काठमाडौं । भारी हिमपातका कारण मनाङका विभिन्न स्थानमा फसेका पर्यटकलाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक १० गते यता मनाङका विभिन्न स्थानमा फसेका झन्डै १ हजार ५०० पर्यटकलाई सेनाले उद्धार गरेको...

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौं

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौंको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण...

हेलिकोप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार

काठमाडौं । सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको हेलिकप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एन–एएमएस...