समाज


आज झण्डै ८ अर्बको सेयर कारोबार

सेयरबजार परिसूचक नेप्से बिहीबार ४.४५ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर २५९५.७४ विन्दुमा आइपुगेको हो।आज ७ अर्ब ७८ करोडको सेयर किनबेच भयो। नेप्सेका अनुसार १ करोड ९६ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको हो। ९३ वटा सेयरको मूल्य...

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो । कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ...

दमौलीमा पानीको हाहाकार

तनहुँ। तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानीघट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा...

म्याग्दीमा व्यावसायिक अरिँगाल पालन

म्याग्दी । पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिँगालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगाल पालन गर्नुहुन्छ...

सर्पको डसाइबाट महिलाको ज्यान गयो

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ ।स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा ज्यान गएको हो । बुधबार राति ९ बजेको समयमा...

भारतले ३ नेपालीलाई इरानबाट उद्धार गरेर दिल्ली ल्याइदियो

भारतले इरानबाट आफ्ना नागरिकसँगै तीन जना नेपालीलइै पनि उद्धार गरी दिल्ली ल्याइदिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज २७२ भारतीय र तीन नेपाली नागरिकलाई दिल्ली ल्याइपुर्‍याइएको हो। रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो। बुधबार छापावाल सुन प्रतितोला १...

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् । समिति सभापति ईश्वरी न्यौपानेले समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी...

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ...