काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो...
मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै...
धनगढी । कैलालीमा बाढीले बगाएका तीन जना मध्ये दुई महिलाको शव भेटिएको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएर बेपत्ता...
काठमाडौं । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन्...
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको...
पोखरा विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित भएको छ । २५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा...
काठमाडौं । तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ । गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट...
स्याङ्जा । कृषि ज्ञान केन्द्र स्याङ्जाले जिल्लाका चार उत्कृष्ट किसानलाई कृषि पुरस्कार सहित सम्मान गरेको छ । सम्मानित हुने किसानहरुमा भीरकोट नगरपालिकाका मौरी पालक किसान श्यामप्रसाद अर्याल, गल्याङ् नगरपालिकाका बीउ उत्पादक किसान चन्द्रकान्त डुम्रे, वालिङ्...
पोखरा । पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर...