समाज


पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : तत्कालीन प्रबन्धक फुयाललाई साधारण तारेखमा छाड्ने आदेश

काठमाडौं । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका...

हेडक्वार्टरले ७ वटै प्रदेशमा खटायो एआईजी : गण्डकीमा सीआईबीका डा. मनोज केसी खटिने

काठमाडौं । निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटाएको छ । ७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)खटिएका हुन् । प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत...

घट्यो सेयर बजार, साढे ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको...

बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको...

कलाकार सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍: मुटुको नसा ब्लकेज मृत्युको कारण

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट निधन भएको पाइएको स्रोतको भनाइ...

सुनिल थापाको शव पोस्टमार्टम गरिने

काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको शव पोस्टमार्टम पनि गरिने भएको छ । परिवारले शवलाई अन्त्येष्टि अघि पोस्टमार्टम गर्नुपर्ने बताएपछि उनको शवको पोस्टमार्टम गरिने भएको हो । शव पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गरिने परिवारको इच्छा रहेको कलाकार सङ्घमा...

राप्रपाका सहायक महामन्त्रीले त्यागे पार्टी

काठमाडौं । राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पदत्यागको घोषणा गरेका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् । शाहले आफूले पार्टीलाई राजीनामाबारे जानकारी गराइसकेको आइतबार...

वरिष्ठ कलाकार सुनिल थापाको निधन

  काठमाडौं । बरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको ६८ वर्षको उमेरमा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो । उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले...

आयोगले आचारसंहिता विपरीतका १८१ वटा सूचना कारबाहीका लागि साइबर ब्यूरोमा पठायो

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गलत सूचना प्रवाह गर्ने १८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ । निर्वाचन आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन्...