समाज


विराटनगरको बालसुधार गृहमा झडप, एक प्रहरी घाइते

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।सुधार गृहमा थप घटना हुन...

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार...

चक्रे मिलन समूहका १९ जनाको आज थनुछेक बहस

काठमाडौं। चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधवार थुनछेक बहस हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो । सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अभियोग पत्र दायर गरेको...

कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी,...

बागलुङ र पर्वतमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरेर व्यावसायिक खेती

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ । परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि...

गल्याङ जेसीजद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उत्कृष्ट ८ युवालाई सम्मान

गल्याङ । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा गल्याङ जेसीजले गल्याङ क्षेत्रका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका युवाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। गल्याङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नामदेव खनाल को प्रमुख आतिथ्यतामा...

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार गुरुङ र श्रेष्ठ सम्मानित

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा...

काम गर्दा लाग्ने रोगलाई सरकारले‘व्यवसायजन्य रोग’को कानुनी मान्यता दियो

काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो । यो निर्णयले कार्यस्थलको...

कैलाली कारागार घटनाबारे छलफल गर्न कानुन समितिले बोलायो गृहमन्त्री

काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको ज्यान गएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको...