काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावमा आजदेखि मतगणना हुने भएको छ । मत गणना अहिले केहीबेरमा सुरु हुदैंछ । हिजो भएको मतदानमा करिव ३१ सय मतदाता मध्ये करिव २६ सय जनाले मतदान गरेका थिए। विगतमा झै यस पटक...
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको...
धनगढी । कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...
पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ को वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ। ’हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियानका साथ टुटुङ्गा बसपार्कबाट सुरु भएको सरसफाइ कार्यक्रम बन क्याम्पस, हरियाली मार्ग, नयाँ गाउँ घलेचोक हुँदै राम...
सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । हात्तीले घर...
पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गरेका छन् । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बीच...
दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखमा गएराती चट्याङ लागेर सोही ठाउँका मोहन सिंह पार्कीको मृत्यु भएको हो। पार्की घरमा एक्लै सुतिरहेका थिए। प्रहरीले यस घटनाको कानुनी प्रक्रिया अघि बढाएको छ। नौगाडमा पहिरोका कारण पनि...
काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२...