समाज


मेयर आचार्यले आफ्नो जन्मदिन मानव सेवाआश्रमका आश्रितसंगै मनाए

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आफ्नो जन्मदिन मानव सेवा आश्रममा रहेका आश्रितलाई भोजन गराएर र बृक्षारोपण गरेर मनाएका छन् । मंगलबार उनले आफ्नो जन्मदिन पोखरा १७ छोरेपाटन र पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रमका आश्रितलाई भोजन गराएर मनाएका...

हिल पोइन्टमा परिवार नियोजन सम्बन्धि सचेतना

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी...

पोखरा १३ मियापाटनकी जेनिसा धनुषाको एक होटलमा मृत भेटिइन्

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् । जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी...

‘बोर्डर पट्रोलिङ’ मजबुत र कडा बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्रका आईजी राजु अर्यालसँग छलफल गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पुगेर गुरुङले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती ‘बोर्डर पट्रोलिङ’ कडा बनाउनेबारे छलफल गरेका हुन् ।तस्करी...

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट खारेज : अब सरकारी अस्पतालबाटै सेवा पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ खारेज गर्ने निर्णय गरेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल...

कास्कीको लिची बगान प्रकरण : पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो...

दार्चुलामा जिप दुर्घटना २ जनाको ज्यान गयो, ४ घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा परेर जिपमा सवार शैल्यशिखर नगरपालिका-१ बस्ने ४५ वर्षको भरत तितरा...

ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ ।वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको...

बागलुङको मालढुङ्गामा प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

बागलुङ । बागलुङको कालीगण्डकीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन् । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका ती युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको...