समाज


कास्कीमा काँग्रेसको जरा अभियान आजदेखि सुरु

पोखरा । उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देश सहित नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि प्रारम्भ गरिएको छ । नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारी सहित अभियान प्रारम्भ...

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा

पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त कन्टेन्ट प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको...

मल आपूर्ति सुनिश्चित गर्न माग

काठमाडौं । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ । महासङ्घले आइतबार विज्ञप्ति जारी गरी देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारीखेती गर्ने संवेदनशील समयमा...

स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

पोखरा । स्याङ्जामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरि ओसारपसार गरिरहेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलास्थित आँधीखोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरेको आरोपमा ग १ त ६१७३ नम्बरको ट्याक्टरलाई...

दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो

काठमाडौं । दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदैं गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर...

पिर्के सलामी नलिने गृहमन्त्रीको निर्णय

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् । आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन्। गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । नवलपुरका सहायक सिडिओ चिरञ्जीवी...

दाङमा इँट्टाभट्टाको पर्खालमा च्यापिएर मजदुरको ज्यान गयो

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आइतबार एक जना मजदुरको ज्यान गएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय...

रात्रिकालीन दौड : खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा । पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको...

भारतीय चर्चित गायिका आशा भोसलेको निधन

मुम्बई । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे । आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म...