राजनीति


सभामुख अर्यालको शपथ ग्रहण आजै

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष...

कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन प्रतिबद्ध छु : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन...

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । आज हुने भनिएको कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ । कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित...

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध भएको घोषणा गरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक सोमबार दिउँसो १ बजेका...

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा...

डीपी अर्याललाई सभामुख बनाउन संसदमा रविको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुखका लागि प्रस्ताव गरेका हुन् । लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत...

कांग्रेसको आधिकारिकता विवादबारे आज सर्वोच्चमा पेसी

काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा छ। यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै...

कांग्रेस संसदीय दलको बैठक बस्दैं

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । संसदीय दलको बैठकको एजेण्डा भने भनिएको छैन । तर,...

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो...