राजनीति


लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलवार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो...

घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् । आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर...

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा एक बजे बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१...

माओवादीको केन्द्रीय समिति बैठक वर्षा सकिएपछि मात्र बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भदौ यता नबस्ने भएको छ । गत वर्षको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार असारभित्र बैठक बस्नुपर्ने थियो । तर मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियान सम्पन्न नभएकाले भदौसम्म केन्द्रीय...

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी...

एमाले सांसदद्धारा सामान्य प्रशासनमन्त्री गुप्ताको बर्खास्ती माग

काठमाडौं। नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद साहले मन्त्री गुप्तालाई दर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरे । साहले...

देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निकै ठुलो विस्फोटतिर जाने अवस्थामा रहेको बताए छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले देशमा सर्वत्र भ्रष्टाचार,अराजकता र...

विवादमा तानिएका मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

काठमाडौं। घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीले बोलाएपछि केहीबेर अघि मन्त्री गुप्ता बालुवाटार पुगेको प्रधानमन्त्रीको...

आवश्यक परे सडकबाट पनि विरोध गर्ने लिङदेनको चेतावनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आवश्यक परे सडकबाट पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा धारणा राख्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा आफूहरूले सदनमा विरोध गरिरहेको र आवश्यक...