राजनीति


नेता खनालकी पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर । जेन–जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै...

जेन जी आन्दोलनका सहिदप्रति महतोको श्रद्धाञ्जली

काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालले ‘जेन जी’ आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक क्रान्ति र देशको स्वाधीनताका लागि युवा पुस्ताले गरेको बलिदानलाई स्मरण गरेका हुन्। विज्ञप्तिमा...

नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्छ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले जेनजी आन्दोलनको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको भने विरोध गर्नुपर्ने बताए । उनले नयाँ...

बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । उनले यसअघि नै राजीनामा...

जलेका सवारीसाधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप...

११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्री कार्कीको तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन् । मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री कार्कीको तयारी रहेको बताइएको छ । उनले अब बन्ने मन्त्रीहरु पनि कुनै...

गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा जेन्जी आन्दोलनमा भएको क्षतिको निरीक्षण

पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा पोखरामा भएको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको मंगलबार आज मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् । उनले प्रदेशका...

क्षतिग्रस्त सिंहदरबार अनुगमन गर्दै मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ क्षतिग्रस्त संरचनाहरूको अनुगमनका लागि सिंहदरबार जाने भएका छन् । भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडको अनुगमनका लागि मन्त्री...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेट

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। दाहालको...