राजनीति


गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा, प्रदेशभर सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश स्थापनाको आज सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्पूर्ण गण्डकी प्रदेशवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । यस समयावधिमा...

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले निर्वाचित

पोखरा । गण्डकी प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश...

बेलायतका राजकुमार भोलि नेपाल आउँदै : पोखरा पनि आउने भ्रमण तालिका

काठमाडौं बेलायतका राजकुमार एडवार्ड मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्। श्रीमती सोफियासहित निजी भ्रमणमा उनी नेपाल आउन लागेका हुन्। गृह मन्त्रालय स्रोतका अनुसार मंगलबार दिउँसो आएर उनी शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा...

मतभेद बिर्सिएर हिँडे बहुमत ल्याउन सकिन्छ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक अर्कामा मतभेद बिर्सिएर एकजुट भएर हिडे यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनको भनाइ छ । संविधानले...

नेकपा एसको केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आगामी फागुन ८ र ९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, बामपन्थी शक्तिबीच एकता, समान विचारधारा...

विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी छ : सञ्चारमन्त्री

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन् । लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरूङले स्थानीयमा खेतीपाती...

करिब दुई महिनाको अवधिमा ९ विधेयक दर्ता

काठमाडौँ । सरकारले करिब दुई महिनाको अवधिमा विभिन्न ९ वटा नयाँ विधेयक सङ्घीय संसद्‌मा दर्ता गराएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार पुस १ देखि माघ २१ गते सम्म आइपुग्दा सरकारले उक्त सङ्ख्यामा विधेयक दर्ता गराएको हो । सचिवालयका अनुसार यस अवधिमा प्रतिनिधिसभा...

प्रदेश स्थापना दिवसको अवसरमा भोलि गण्डकीमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले आज एक सुचना जारी गर्दै भोलि मंगलबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको...

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...