राजनीति


आजको दिन हाम्रो जीवनको महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन्...

प्रजातन्त्रकै जगमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमान कार्यभार भएको बताएका छन् । साथै उनले लोकतन्त्रको रक्षा...

जनताको अवस्था बदल्न एकताबद्ध हुन आवश्यक : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको संघर्षको बलमा प्राप्त...

कुलमान घिसिङले सरकारलाई टेरेनन् : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा संसद बैठकमा विशेष समय लिएर बोल्दै खड्काले घिसिङको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई नटेरेको...

कोटीहोम सञ्चालनमा रोक लगाउन भन्दै परेको रिटमा कारण देखाऊ आदेश

पोखरा । पर्यटकीय नगरी पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम...

बुधबार कतार जाँदै उपेन्द्र

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कतार भ्रमणमा जाने भएका छन् । नेपाली समाज कतार, मधेश प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद्अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सव, रमादान पर्व, शुभकामना...

कांग्रेसको ”संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया पोखरामा हुने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख कविता तिवारीको अध्यक्षतामा पेशागत तथा बुद्धिजीवी विभागको वैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यकक्षमा सोमबार भएको वैठकले “संविधान संशोधनः आवश्यकता...

रवि काठमाडौँ जिल्ला अदालत उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ । यसअघि लामिछानेलाई न्यायाधीश...

पानी जहाज सम्बन्धी विधेयक समितिमा पठाइयो

काठमाडौँ । ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन...