कुलमान घिसिङले सरकारलाई टेरेनन् : ऊर्जामन्त्री खड्का

केन्द्रभाग मिडिया

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा संसद बैठकमा विशेष समय लिएर बोल्दै खड्काले घिसिङको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई नटेरेको आरोप लगाएका हुन् ।

‘उहाँले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न’, खड्काले भने, ‘उनले भने, ‘भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ। भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको होरु पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ।’

उनले घिसिङ अराजक गतिविधि गरिरहेको र सधैँ हेरेर नबस्ने पनि बताए। उनले थपे, ‘सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न। ‍भाषण गर्दै हिड्नुहुन्छ कर्मचारी। यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्दैन। लगाम त लगाउनुपर्छ।’

उनले एउटा कर्मचारिका विषयमा सरकारमाथि धेरै प्रश्न नउठाउन पनि सांसदहरूलाई आग्रह गरे।

  • ६ फाल्गुन २०८१, मंगलवार १६:२३ प्रकाशित