राजनीति


अर्थमन्त्री खनालको ‘कुलिङ पिरियड’ सुरु, अब मन्त्रालयको काममा सहभागी नहुने घोषणा

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै...

संघीय संसद्को पहिलो अधिवेशन कार्की सरकारले आह्वान गर्ने

काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । सङ्घीय...

शपथमा औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई सपथ लिन जाँदा औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरेको छ । नवनिर्वाचित सांसदहरुको आगामी चैत १२ गते शपथ ग्रहण गर्ने भएका छन् । सचिवालयले एक सूचना...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । कांग्रेस नेताहरुका अनुसार बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति कार्ययोजना लगायतका...

नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा हुने

काठमाडौं । नयाँ प्रधानमन्त्रीको सपथ यही १३ चैतमा हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको...

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार : मन्त्री थापा

  पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्। वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य...

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको...

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय

काठमाडौं । यहि फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरुको शपथ चैत १२ गते गर्ने तय भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दै सांसदहरुको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय भएको जानकारी...

सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । संघीय संसद् सचिवालयको आयोजनामा बैठक सुरु भएको हो । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि...