राजनीति


भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने

काठमाडौं। लामो गलफतीपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ शुक्रबार (आज) प्रतिनिधिसभामा पेस हुने भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको...

कुलिङ पिरियडको विषयमा कर्मचारीले ठूलो राजनीति गरे : सञ्चारमन्त्री गुरुङ

पोखरा । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुलिङ पिरियडमा उच्च पदस्थ कर्मचारीले ठूलो राजनीतिक चलखेल गरेको टिप्पणी गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पाणी गरेका...

एमालेकै कार्यकर्ता भएर काम गरिरहनेछु : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी छन् । उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् । बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,...

पूर्वराष्ट्रपति विद्याको सम्पर्क कार्यालय सञ्चालनमा

काठमाडौं । एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् । भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय...

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे । बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले नेपालको भू–भाग लिपुलेक र कालापानीलाई...

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...

भियातनामका उपराष्ट्रपति थिआन शनिवार नेपाल आउँदै

काठमाडौं । भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन तीन दिने भ्रमणमा नेपाल आउने भएकी छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनी भदौ ७ गते बैंकक हुँदै साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनको भ्रमणको...

लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री गगन थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको...