राजनीति


प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप...

निर्वाचनका लागि पहिले संसद फर्किनुपर्छ : अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा आफूले त्यस्तो अडान राखेको बताएका हुन्...

प्रचण्डको सचिवालयले भन्यो, ‘रविसंग चुनावी तालमेलका विषयमा छलफल भएको छैन ‘

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संयोजक प्रचण्डको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचारको खण्डन गरेको छ । केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार असत्य भएको...

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट सिफारिस

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् । राप्रपाले शाहीलाई ६ वटा निर्वाचन...

संसद पुनर्स्थापना माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रतिनिधिसभा  पुनर्स्थापनाको माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनलाई यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले...

सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा रास्वपाको...

सरकार चुनावमा होमिन उत्साहित भएर अघि बढेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् । जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गरेका...

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ। दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका हुन्...

सुशासन कायम गर्न नयाँ शक्तिहरू एकजुट हुन्छौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । ‘हामीले अहिलेसम्म...