राजनीति


आजै बेलुकादेखि मतगणना सुरु हुने

काठमाडौं । आज भईरहेको मतदान सकिएपछि आज शुक्रबार बेलुकादेखि नै मतगणना सुरु हुने भएको छ । पालिका चुनाव अन्तर्गत देशभ अहिले मतदान भइरहेको छ । आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ...

दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् । प्रवक्ता पौडेलले शान्तिपूर्ण रूपमा मतदान...

हालसम्म गण्डकीमा ५० प्रतिशत मत खस्यो

पोखरा । गण्डकीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गोरखाको एक मतदान केन्द्रबाहेकका अन्य सबै मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान भईरहेको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले  जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा ५० प्रतिशत मत खसेको प्रदेश...

मध्याह्नसम्म देशभर ३५ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।छिटफुट घटनाबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमै मतदान भइरहेको आयोगले जनाएको छ । मध्याह्न १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले...

विप्लवले मतदान गर्न पाएनन्

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका...

जगन्नाथ पौडेलको आरोप : मेरोविरुद्ध भरतपुरमा रातभरि पैसा बाडियो

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन् । मतदान पछि आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र गरेर पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भएको आरोप लगाएका छन् । राजनीतिक दलहरुले...

मतदानपछि देउवाले भने गठबन्धनले कांग्रेस कमजोर भएको छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन्...

सिन्धुपाल्चोको ज्यामिरेमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मतदानका क्रममा तनाव भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली...

डा. बाबुराम भट्टराईले मत संकेत हुने गरि फेसबुकमा हाले फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा‍‍. बाबुराम भट्टराईले मतसंकेत हुने गरि फेसबुकमा फोटो पोष्ट गरेका छन् । गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर...