राजनीति


पोखरा वडा १२ को अध्यक्षमा कांग्रेसका सन्तोष बाँस्तोला जित नजिक

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १, २,१२,२३, २४ र २५ मा मतगणना भइरहेको छ । जारी मतगणनामा वडा नम्बर १२ को मतगणना सकिनै लागेको छ । सो वडामा कांग्रेसका उम्मेदवार सन्तोष बाँस्तोला जित नजिक पुगेका छन् ।

पोखरामा मतान्तर बढाउँदै धनराज

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । १० हजार ४९३ मत गणना हुँदा आचार्यले चार हजार ११० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार ८३० मत...

कुन पार्टी कति स्थानमा अगाडी (संख्यासहित)

पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । जारी मतगणनामा नेपाली काँग्रेसले धेरै पालिकामा आगडि रहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार यो समाचार तयार पार्दा...

देशभर धेरै पालिका जित्नेमा कांग्रेस अगाडी (संख्यासहित)

पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ४१ पालिका प्रमुख र ४५ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ३७ पालिका प्रमुखमा जित हासिल...

पोखरामा अग्रता बढाउँदै गठबन्धनका मेयर उम्मेदवार धनराज

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता बढाउँदै लगेका छन् । नौ हजार ९९३ मत गणना हुँदा आचार्यले चार हजार ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले तीन हजार...

गल्कोटको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ । गलकोट नगरपालिकाको मेयर र उपमेयरमा ५ दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरी प्रमुख पदमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी...

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ विजयी भएका छन् । र उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सीता अधिकारी विजयी भएकी छिन्। आइतबार मध्यराति सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार मिनबहादुरले नेकपा एमालेका विक्रम गुरुङलाई...

पोखरामा ३५ सय मत गन्दा गठबन्धनकै अग्रता, कुन उम्मेदवारको मत कति  ?

पोखरा । पोखरा महानगरमा ३५ सय मत गन्दा गठबन्धनले नै अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले १३ सय ४९ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार कृष्ण थापाले १२ सय ५०...

पोखरामा गणना भएकोमध्य सबै भन्दा धेरै मत कोपिला रानाभाटलाई

पोखरा । पोखरा महानगर उपेयरकी उम्मेदवार कोपिला रानाभाटले सर्वाधिक मत प्राप्त गरेकी छन् । तीन हजार मतगणना भइसक्दा कांग्रेस उम्मेदवार रानाभाटले निरन्तर अग्रता लिइरहेकी छन् । पछिल्लो मत परिणाम अनुसार रानाभाटले १ हजार २४६ मत प्राप्त गरेकी छन् । उम्मेदवार...