अन्तराष्ट्रिय


साउदीमा भेटियो सुन र तामाको ठूलो भण्डार

काठमाडौँ । साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ । साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा...

युवतीको हिरासतमा निधन भएको घटनालाई लिएर इरानमा प्रदर्शन हिंस्रक बन्दै

  काठमाडौं । इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको निधन भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्। गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार...

पुटिनले ३ लाख रिजर्भ सैनिक बोलाए

काठमाडौं । रुसले रिजर्भ सैनिकलाई युद्धमा डाकेसँगै विश्वयुद्धको खतरा बढेको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले रिजर्भ सैनिकको परिचालनको घोषणा गरेका हुन् । पुटिनले पश्चिमा सैनिक संयन्त्र युक्रेनमा केन्द्रित भएकाले अवस्था...

हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु हुने चेतावनी

काठमाडौं । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं । मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शक्तिशाली भूकम्पका कारण हजारौँ मानिस...

किर्गिजस्तान–ताजिकिस्तान सीमा विवाद : झडपमा कम्तिमा ९४ जनाको मृत्यु

काठमाडौं । किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन्...

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ । सीले यस हप्ता मध्य एसियाको यात्राको...

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको ९६ वर्षको उमेरमा निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष...

भारतले सफलतापूर्वक परीक्षण गर्‍यो नयाँ क्षेप्यास्त्र

एजेन्सी । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र भारतीय सेनाले द्रुत प्रतिक्रिया सतह–टु– एयर मिसाइल (क्यूआरएसएएम)को सबै ६ परीक्षण सफलतापूर्वक पूरा गरेको छ । डीआरडीओले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एक ट्वीटमा भनेको छ, ‘बिहीबार ओडिशाको चंडीपुरमा...