अन्तराष्ट्रिय


अत्यधिक गर्मीका कारण भारतमा ९८ जनाको निधन

एजेन्सी । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण निधन हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको निधन भएको छ...

पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको निधन

एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको निधन भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त...

दिल्लीमा गोली हानेर दुई महिलाको हत्या

भारतको राजधानी नयाँदिल्लीमा आज(आइतबार) बिहान गोली हानेर दुई जना महिलाको हत्या भएको छ ।द इन्डियन एक्प्रेसका अनुसार दक्षिण–पश्चिम दिल्लीको आरके पुरम क्षेत्रमा बिहान सवा चार बजेतिर यो गोलीकाण्ड भएको हो। मारिनेहरूमा ३० वर्षकी पिंकी र २९ वर्षकी ज्योति रहेको...

ग्रिसमा डुंगा दुर्घटना : ७८ जनाको ज्यान गयो

काठमाडौं । ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको छ । प्रवासीहरु सवार डुंगामा ७५० जनाहरुमध्ये ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । डुंगामा सवार थुप्रै बेपत्ता रहेका छन । जसमध्ये झण्डै १०० बालबालिकाको अवस्था अज्ञात रहेको...

नाइजेरियामा हैजा प्रकोप : ४८ जनाको ज्यान गयो

नाइजेरियामा हैजाको महामारी फैलिएको छ । हैजाबाट हालसम्म ४८ जनाको ज्यान गएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले पुष्टि गरेको छ । यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी भेटिएको एनसीडीसीले बताएको छ । देशको...

इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । इटालीका मिडियाका अनुसार उनको मिलानस्थित राफेलो अस्पतालमा निधन भएको हो । अप्रिलमा उनको फोक्सोको सङ्क्रमणका लागि उपचार गरिएको थियो ।अरबपति मिडिया टाइकुन बर्लुस्कोनी पहिलो...

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

काठमाडौँ । दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको...

भारतको ओडिशामा भयानक रेल दुर्घटना, कम्तिमा २३३ जनाको ज्यान गुम्यो

  काठमाडौं । भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै भयानक रेल दुर्घटना हुँदा २३३ जनाको ज्यान गुमेको छ छ भने ९ सय जना घाइते भएका छन् । बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो...

भारतको जम्मुमा बस दुर्घटना : ७ जनाको ज्यान गयो

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको भारती सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । सो बसमा बिहारका बासिन्दा...