अन्तराष्ट्रिय


सुनामीका कारण जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छोड्न भनियो

टोकियो । रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ । यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला भएको देखिएको थियो । केही मानिस...

बेइजिङमा भीषण बाढी : हालसम्म कम्तीमा ३० जनाको ज्यान गयो

चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान...

नाइजेरियामा डुंगा पल्टिँदा १३ जनाको ज्यान गयो

माइदुगुरी । उत्तर–मध्य नाइजेरियाको नाइगर राज्यमा झन्डै सय जना सवार डुंगा पल्टिएको छ । यस घटनामा १३ जनाको मृत्यु भएको पुस्टी भएको छ भने अरू दर्जनौँ हराइरहेको भन्दै रोयटर्सले समाचार छापेको छ । डुंगा चढेर बजार गइरहेको अवस्थामा काठको उक्त डुंगा दुघर्टनामा...

भारतको हरिद्वारस्थित मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गयो

काठमाडौं । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको ज्यान गएको छ । गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्दिरमा ठूलो भीड जम्मा भएका बेला अकस्मात भागदौड हुँदा ६ जनाको ज्यान...

अमेरिकामा १७३ यात्रु सवार बोइङ विमान दुर्घटनाबाट जोगियो

डेन्भर । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो। यस क्रममा विमानको पछाडिको भागमा आगो लाग्यो।...

थाइल्याण्ड र कम्बोडियाबिच झडप : १२ थाई नागरिकको ज्यान गयो

बैंकक । सीमा विवादका कारण थाई र कम्बोडियाली सेनाबिच भएको झडपमा कम्तीमा १२ जना थाई नागरिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण रहेका छन्। थाइल्यान्डका स्वास्थ्य मन्त्रीका अनुसार झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको छ। सुरिन प्रान्तमा...

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा...

ढाकामा सैनिक विमान दुर्घटना : २५ बालबालिकासहित २७ को ज्यान गयो

ढाका । राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ। ज्यान गुमाउनेहरूमा...

बंगलादेशमा विमान दुर्घटना: १६ जनाको ज्यान गयो, ७० घाइते

काठमाडौं । बंगलादेशको एक विद्यालय भवनमा भएको वायु सेनाको विमान दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ । घटनामा ७० जना भन्दा बढी घाइते भएका छन् । बंगलादेश वायु सेनाको प्रशिक्षण विमान ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटना भएको थियो ।...