ब्यानर न्युज


राष्ट्रसंघका महासचिव गुटेरेस पर्सि नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो...

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार जारी

काठमाडौं । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर(३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा...

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण : के गर्नुहुदैँन ?

काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा.देवमणि...

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा सांघाईमा...

दशैंको चौथो दिन : आज पनि प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद...

फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु

पोखरा । पोखराको आर्कषणको केन्द्र फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ ।आज(बिहीबार)बिहान महानगरका मेयर धनराज आचार्यले मन्दिर पुन निर्माणको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर आचार्यले पैसाको अभावमा पुनः निर्माण नरोकिने...

एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू – १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका...

दशैंको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज तेस्रो दिन पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने...