ब्यानर न्युज


पोखरामा विमान दुर्घटना भएको आज एक वर्ष

पोखरा । पोखरामा विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरको विमान सेतिको खोँचमा खस्दाँ गतवर्ष आजकै दिन ७२ यात्रुले ज्यान गुमाएका थिए । आज बिहानै देखि दुर्घटनामा ज्यान गुमाएकाको आफन्तजन दुर्घटनास्थलमा पुगी उनीहरुको...

आज माघे सक्रान्ति, घ्यू, चाकु, तिलका परिकार र खिचडी खाएर मनाईंदै

पोखरा । आज घ्यू चाकु, तिलका परिकार र खिचडी खाएर माघे सक्रान्ति मनाईंदै, देवघाट, त्रिवेणी लगायत स्थानमा मेला, थारु समुदाय माघी पर्वको उल्लासमा । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले...

मंगलबारदेखि माघ १२ सम्म आचारसंहिता लागू हुने : के गर्न पाईदैन ? (सूचीसहित)

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार अर्थात माघ २ गतेदेखि आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा...

गण्डकीका उम्मेदवारलाई जिताउन समिति गठन, ११ वटै जिल्लाका मतदातासँग भेटघाट गर्ने

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गण्डकीमा समिति गठन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि सत्ता पक्षीय गठबन्धनले समिति गठन गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशबाट माघ ११ गते हुने...

उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री प्रचण्डको आग्रह सीके राउतद्वारा अस्वीकार

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह सो पार्टीका अध्यक्ष डा। सीके राउतले अस्वीकार गरेका छन्...

न्यायाधीशकी पत्नीले सर्वोच्च अदालतभित्रै गरिन् आत्मदाहको प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी छन् । उनले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा...

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य...

गेसोले प्रधानमन्त्री प्रचण्डसंग भन्यो, ‘हाम्रो माग ६ महिनाभित्र पुरा गरिदिनुहोस

पोखरा । भूतपूर्व सैनिक संघ (गेसो)ले गोर्खा सैनिकको माग चाँडै सल्टाउन प्रधानमन्त्री प्रचण्डसंग माग राखेको छ । ६ महिनाभित्र माग पूरा नभए थप दबाबमूलक कार्यक्रम गर्ने गेसोले जनाएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर गेसोले अबको ६ महिनाभित्र...

माओवादी केन्द्रले बनायो पार्टी एकता संयोजन समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ । आज बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाएको हो । शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । प्रदेश...