ब्यानर न्युज


गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ । आजको बैठक...

एमालेले भन्यो : ‘प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशको ओरालो यात्रा रोक्नको लागि वामपन्थी र...

सेमिफाइनलमा नेपाल यूएईसंग पराजित

  पोखरा । एसीसी प्रिमियम कपको सेमिफाइनलमा नेपाल यूएईसंग पराजित भएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपालको प्रिमियर कपको फाइनल खेल्ने सपना सकिएको हो । अब नेपालले तेस्रो स्थानका लागि हङकङ र ओमानबीचको...

जन्ती बोकेको बस दुर्घटना ३ जनाको ज्यान गयो, सात जना गम्भीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले...

पोखराको डिहिकोपाटनमा डेरा गरी लागू औषध कारोबार गर्ने ४ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडमा लागू औषधको कारोबार भइरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । वैशाख ३ गते दिउँसो २ बजेको समयमा डिहिकोपाटन नहरमार्गमा ग १२ प ३१४६ नम्बरको स्कुटरलाई रोकी चेक गर्दा पोखरा ३० शिशुवा बस्ने वर्ष २४का प्रकाश परियार...

आज गण्डकी प्रदेश सभाको अधिवेशन : कांग्रेस र राप्रपाले बहिष्कार गर्ने

पोखरा । प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभा अधिवेशन आज बस्दैँछ । आज (शुक्रबार) दिउँसो ३ बजे प्रदेश सभा भवन नदीपुरमा बैठक बस्नेछ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा विशेष अधिवेशन डाकिएको हो । मंगलबारको मन्त्रीपरिषद् बैठकले अधिवेशन आह्वानको...

सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

पाेखरा । ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्न लागेका हुन् । फाइनल प्रवेशका लागि दुबै टिमका लागि जित अनिवार्य छ । ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपालका लागि...

एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार मात्र पक्राउ परेका दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

ब्युँझिँदै पोखराको ओझेलमा परेको नगर सभ्यता प्रारम्भस्थल

पोखरा  । मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रका रूपमा चिनिन्छ  । पोखरामा व्यवसायको प्रारम्भ र नगर सभ्यता विस्तारको सुरुवात यहीँबाट भएको विश्वास गरिन्छ  । यहीँबाट विकास भएको पोखरा अहिले देशकै...