ब्यानर न्युज


बजेटको हिसाब नमिलेको भन्दै गण्डकीमा एमालेले माग्यो जवाफ : संसद स्थगित

पोखरा। गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नै नमिलेको भन्दै एमालेले जवाफ माग्दै संसद बैठक अवरुद्ध गरको छ । हिसाब नमिलेसम्म संसद अघि नबढ्ने सत्तापक्षकै आग्रहमा सभामुख कृष्ण धितालले संसद स्थगित गरेका छन् । एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले...

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको...

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको...

अत्यधिक गर्मीका कारण हज यात्राका क्रममा हालसम्म साउदीमा ६ सय बढीको ज्यान गयो

काठमाडौँ । अत्यधिक गर्मीका बिच साउदी अरेबियामा हज यात्राका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ । बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध...

७२ जिल्लामा फैलियो डेंगु, गण्डकीमा १८७ जनामा संक्रमण

काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

सहकारी छानबिन विशेष समिति कानुनी परामर्शमा, अर्को बैठक १० गते

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ । बुधवार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका...

दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको...

स्वीट्जरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री...

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

काठमाडौं । संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत भेटिएका हुन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै...