ब्यानर न्युज


अनुसन्धान गर्न सीआईबीको अधिकृतलाई भारत पठाइँदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने भएको छ । सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको केन्द्र्रीय अनुसन्धान...

यस वर्ष जेठ ३१ देखि भदौ ८ गतेसम्म देशभर बाढी, पहिरोबाट ७३ जनाको ज्यान गयो

काठमाडौँ । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी...

नेपाली टिम भारतसँग खेल्न श्रीलंकातर्फ प्रस्थान

एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकातर्फ गएको छ। बुधबार समूह ‘ए’ को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपाली टिम बिहीबार विहान पाकिस्तानबाट श्रीलंका गएको हो।अब नेपालले...

एकता र सद्भावलाई थप उचाइमा पुर्याउनु पर्दछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासदेखि कायम हुँदै आएको एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनै पूर्णिमाको अवसरमा स्वदेश...

आज जनै पूर्णिमा, यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...

एसिया कपमा नेपाल पाकिस्तानसंग २३८ रनले पराजित

  पोखरा । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर मात्र १०४ रन बनाउन सक्यो ।

नेपाललाई चौथो सफलता, सन्दीपले लिए सलमानको विकेट

पोखरा । एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट गुमाएको छ । सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् । पाकिस्तानले १२५ रन बनाउँदा सलमान ५ रन बनाएर आउट भए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरेका थिए...

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले...

आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको...