ब्यानर न्युज


गुटेरेसको सुरक्षामा अन्नपुर्ण बेसक्याम्पमा खटिएका असई टिकारामको लेक लाग्दा ज्यान गयो

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर ज्यान गएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा...

लागु औषध कारोबारीलाई पकाउ गर्न काठमाडौंमा प्रहरीले चलायो गोली, एक घाईते

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । लागु औषध कारोबारीलाई पक्राउ गर्नको लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको बताएको छ । प्रहरीको गोली लागी लागु औषध कारोबारी भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर...

पर्यटक आगमनमा कीर्तिमानी : एक महिनामै भित्रिए १ लाख १७ हजार

काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी...

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त...

राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने आफ्नो औपचारिक भ्रमण सकेर आज न्युयोर्क फर्किँदै छन् । महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए । नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई...

एमालेको चियापान आज, माधव नेपालको पार्टीलाई पनि निम्ता

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बुधबार) चियापान कार्यक्रम गर्दैछ । चाडपर्वको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ । हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार...

घट्यो डिजेल र मट्टीतेलको मूल्य

पोखरा । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्य घटेर आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका...

नेपाल मलेसियामाथि ६ विकेटले विजयी : सेमिफाइनल प्रवेश

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । जारी छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । जितसँगै...

बुद्धको जन्मथलोबाट राष्ट्रसंघका महासचिव गुटेरेसले भने :‘संसारभरका द्वन्द्व रोक्न यहिबाट आह्वान गर्छु’

रुपन्देही । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गरेका छन् । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि...