ब्यानर न्युज


कास्की प्रहरीद्धारा जेठ महिनामा ६५ फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बांकी रहेका ६५ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त...

कर्णाली प्रदेशको स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने

सुर्खेत । कर्णाली प्रदेशको स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने भएको छ । स्थानीय तहले ऐन विपरीत करार र ज्यालादारी कर्मचारी नियुक्त गरे पदाधिकारीबाट असुल उपर समेत गरिने भएको छ । कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने भएको हो । स्थानीय...

आजदेखी भक्तजनहरुका लागि पशुपतिनाथको चारवटै ढोका खुल्ला

काठमाडौँ । महाशिवरात्री, हरितालिका तीज र बालाचतुर्दशीका दिनमात्र खोलिने पशुपतिनाथको चारवटै ढोका आजबाट खुल्ला गरिएको छ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका हुन । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा...

आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर ८ को दौडबाट नेपाल बाहिरियो

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को दौडबाट नेपाल बाहिरिएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी टी–२० विश्वकपमा समूह डी मा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएसँगै सुपर–८ यात्राबाट बाहिरिन पुुगेको हो । नेपाल समूह डी मा ३ खेलमा...

नेपाल सामु दक्षिण अफ्रिका द्वारा ११६ रनको लक्ष्य प्रस्तुत

पोखरा । टी–२० विश्वकप अन्तर्गत जारी खेलमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो । दक्षिण अफ्रिकाका लागि...

गण्डकीमा फ्लोर क्रस गरेका   नेसपाका नेता सांसद फणिन्द्र देवकोटाको सांसद पद गयो

पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेका फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना...

फ्लोर क्रस गरेका फणीन्द्र देवकोटालाई माओवादीले गर्‍यो कारबाही

पोखरा । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको...

दुर्घटना अपडेट : कार चालक पोखरा –५ का समीर ओझाको ज्यान गयो

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको ज्यान गएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज...

पोखरा-जोमसोम सहज ट्याक्सी सेवा विस्तारको सम्भाव्यता अध्ययन

पोखरा । पोखराबाट मुस्ताङको जोमसोमसम्म ट्याक्सी सेवा विस्तारको सम्भाव्यता अध्ययन गरेर पोखरेली ट्याक्सी सेवा प्रालिको एक टोली फर्किएको छ । चार वटा ट्याक्सीमा १६ जनाको टोली मुस्ताङ पुगेर फर्किको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले...