ब्यानर न्युज


प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि...

सौर्य विमान दुर्घटना : ज्यान गुमाएकाहरुको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरु सबैको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने अस्पतालले बताउको छ। ज्यान गुमाएका सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम...

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिना पुरानो जहाज भएको पाइएको छ । ५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका...

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गुम्यो (नामसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गुमेको छ । बुधबार बिहान ११ः ११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए । ५० सिट क्षमताको जहाजमा १९ जना सवारमध्ये १८ जनाको ज्यान...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त...

मनसुनयता बाढीपहिरोमा परी हालसम्म १३३ जनाले ज्यान गुमाए

काठमाडौँ । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी...

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ । आज बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो । मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा...

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । लामाले कांग्रेस...

भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...